कोरोना त्रास : सिरहा कारागारबाट २१ कैदीबन्दी रिहा
न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने सम्भावनालार्य मध्यनजर गर्दै सिरहा कारागारले २१ जनालाई रिहा गरेको छ । कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको जोखिम भएकाले २१ जना कैदीबन्दीलाई रिहा गरेको कारागारले जनाएको छ ।

२०७६ चैत १६ आइतबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने सम्भावनालार्य मध्यनजर गर्दै सिरहा कारागारले २१ जनालाई रिहा गरेको छ ।
कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको जोखिम भएकाले २१ जना कैदीबन्दीलाई रिहा गरेको कारागारले जनाएको छ । जिल्ला अदालत सिरहाको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिइन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको हो । अदालतको आदेशानुसार ती कैदीबन्दीलाई रकम तिराएर रिहा गरिएको छ ।
कूल १५० जना क्षमता रहेको सिरहा कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी बस्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…