कोरोनाबाट नगरवासी बचाउन डाक्टरहरुलाई कान्छो मेयरको क्वारेन्टाइन समाग्री
क्वारेन्टाइन व्यवस्थापन तर्फ जुटेको बताउँदै आजसम्म सबै समाग्रीहरु आइपुग्ने बताउनुभएको छ ।

२०७६ चैत १६ आइतबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आफ्ना नगरका स्वास्थ्यकर्मीहरुलाई कोरोना प्रोटेक्टिभ समाग्रीहरु प्रदान गर्नुभएको छ ।
क्वारेन्टाइन व्यवस्थापनको लागि पिपिई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट सहित एप्रोन लगायतका समाग्रीहरु स्वास्थ्य शाखालाई हस्तान्तरण गर्नुभएको हो ।
विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नगरवासीलाई जोगाउन प्रोटेक्टीभ एप्रोन ३ पिस, लुज ग्लोभस ६०० पिस, सर्जिकल ग्लोभस ४० पिस सहित क्वारेन्टाइन व्यवस्थापनको लागि चाहिने अति आवश्यक समाग्रीहरु समेत प्रदान गर्नुभएको हो ।
शहिदनगर नगरपालिकाका स्वास्थ्य शाखा सह–सँयोजक राम सिकिल यादवलाई सो समाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । पिपिइको अभावमा चिकित्सकहरुले समेत विरामी चेकजाँच नगर्ने गरेको अवस्थालाई मध्यनजर गर्दै ४० थान पिपिइ ल्याउने तयारी गर्नुभएको छ ।
तत्कालको लागि १ थान पिपिइ ल्याएर क्वारेन्टाइन व्यवस्थापन तर्फ जुटेको बताउँदै आजसम्म सबै समाग्रीहरु आइपुग्ने बताउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…