अमेरिकाले बनायो ५ मिनेटमै कोरोना जाँच्ने उपकरण
न्यूज ब्यूरो, एजेन्सी । हेल्थ केयर कम्पनी एबोटले कोरोना भाइरसको द्रुतगतिमा परीक्षण गर्ने प्रणाली विकास गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट परीक्षणलाई प्रमाणीकरण भएको जनाएको हो । अमेरिकी कम्पनी एबोटले विकास गरेको प्रणालीले चाँडोमा ५ मिनेटमै भाइरस संक्रमण

२०७६ चैत १५ शनिबार, राति १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । हेल्थ केयर कम्पनी एबोटले कोरोना भाइरसको द्रुतगतिमा परीक्षण गर्ने प्रणाली विकास गरेको छ ।
कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट परीक्षणलाई प्रमाणीकरण भएको जनाएको हो । अमेरिकी कम्पनी एबोटले विकास गरेको प्रणालीले चाँडोमा ५ मिनेटमै भाइरस संक्रमणको टुंगो लगाइसक्ने बताइएको छ ।
सीएनबीसीका अनुसार उसले उक्त प्रणाली अर्को हप्ता हेल्थ केयर सेवा प्रदायकलाई दिनेछ । उक्त प्रणालीले नेगेटिभ रिजल्ट समेत १३ मिनेटमै प्रदान गर्नेछ ।
कम्पनीले आफ्नो परीक्षण सफल भएका कारण उत्पादन तीव्र पार्ने जनाएको छ । उसले प्रतिदिन ५० हजार परीक्षण गर्ने योजना बनाएको छ।
एबोटको कोभिड १९ परीक्षणको यो दोस्रो परीक्षण हो । उसले हरेक महिना ५० लाख टेस्ट उत्दान गर्ने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…