प्रधानमन्त्री ओली अस्पताल भर्ना
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर

२०७६ चैत १४ शुक्रबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
उनको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिलेसम्म स्थिति सामान्य बनिसकेको अस्पताल स्रोतले बताएको छ । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…