सिरहा : वडाध्यक्षले बाँडे मास्क र साबुन, ठाउँठाउँमा साबुनपानी
न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि सर्वसाधारणमा उपभोग्य सामाग्रीको चरम अभाव देखिएको छ । कोरोना भाइरसको त्रास फैलिएपछि मास्कको भने पहिलेदेखि नै अभाव देखिएपनि यत्तिबेला अन्य सामानसमेत सहजै भेटिरहेको छैन । सर्वसाधारणलाई अत्

२०७६ चैत १३ बिहीबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि सर्वसाधारणमा उपभोग्य सामाग्रीको चरम अभाव देखिएको छ ।
कोरोना भाइरसको त्रास फैलिएपछि मास्कको भने पहिलेदेखि नै अभाव देखिएपनि यत्तिबेला अन्य सामानसमेत सहजै भेटिरहेको छैन । सर्वसाधारणलाई अत्यावश्यक सामान भेट्न असहज भएपछि सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ मा मास्क र साबुन वितरण गरिएको छ ।
जम्मा नौसय जति घरधुरी रहेको सो वडामा आज चारसय जति परिवारलाई मास्क र साबुन वितरण गरिएको वडाध्यक्ष अनिशुल राइनले जानकारी दिए । बाँकीलाई भोलि वितरण गरिने उनले बताए । वडाभरी करिब ७–८ हजारको हराहारीमा मास्क र ६–७ हजारको हराहारीमा साबुन वितरण गरिने जनाइएको छ ।
यस्तै, सोही वडामा पर्ने चोहर्वा नयाँ चोकसहित वडाको विभिन्न स्थानमा हात धुन पानी ट्यांकी र साबुनको व्यवस्था मिलाइएको छ । आफ्नो वडामा त्यस्तो कुनै शंकास्पद व्यक्ति देखिए आफूले तत्कालै एक्सन लिने गरी सम्पूर्ण व्यवस्था मिलाएको वडाध्यक्ष राइनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…