लकडाउनको तेश्रो दिन : जनकपुरबाट २२ गाडी नियन्त्रणमा
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको तेश्रो दिन जनकपुरबाट २२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएअनुसार, आज विहानदेखि ५ बजेसम्म २० वटा मोटरसाइकल र २ वटा अटो नियन्त्रणमा लिइएको हो । लकडाउन उल्लंघन गर्दै सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको

२०७६ चैत १३ बिहीबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको तेश्रो दिन जनकपुरबाट २२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएअनुसार, आज विहानदेखि ५ बजेसम्म २० वटा मोटरसाइकल र २ वटा अटो नियन्त्रणमा लिइएको हो ।
लकडाउन उल्लंघन गर्दै सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले न्यूज ब्यूरोलाई जानकारी दिए ।
विनाकाम सडममा देखिएको केही सर्वसाधारणलाई सम्झाएर घर पठाएको उनले जनाए । जनकपुरबाट मंगलबार चारसय जति बुधबार एकसय जति सवारीसाधण नियन्त्रणमा लिइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…