लकडाउनप्रति जनता गम्भीर नदेखिएको सरकारको गुनासो
यस्तो लापरवाही गरे सरकारले देश र जनताको रक्षाका लागि थप कडा कदम चाल्न बाध्य हुने स्पष्ट पारे ।

२०७६ चैत १३ बिहीबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनप्रति जनता गम्भीर नदेखिएको सरकारले गुनासो गरेको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत रहेका उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनको पालना नगर्नेहरुप्रति गुनासो गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले नागरिकले आफैंले बोध गरेर लकडाउनका बेला घरमा बस्नुपर्नेमा त्यस्तो नगरेको र कतिपय ठाउँमा लापरवाही गरिएको बताए ।
उनले यस्तो लापरवाही गरे सरकारले देश र जनताको रक्षाका लागि थप कडा कदम चाल्न बाध्य हुने स्पष्ट पारेका छन् । उनले संक्रमित बिरामीलाई सरकारले उपचार गर्ने व्यवस्था गरेको भन्दै सरकारले गरेको निर्णयलाई पालना गर्न आग्रह गरे ।
संक्रमणको परिस्थिति गम्भीर भयो भने सरकारले लडकडाउनको समय थप गर्न सक्ने मन्त्री पोखरेलले बताए । कोभिड १९ नेपालमा नफैलियोस् भन्ने उद्देश्यले सरकारले देश लकडाउन गरेपनि त्यसको व्यापक अवज्ञा भइरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…