कोरोना संक्रमित युवतीसँग नेपाल आएकाहरुको खोजी थालियो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमित युवतीसँग चैत ४ मा कतार एयरको फ्लाइट नम्बर ब्यूआर ६५२ विमानमाफृत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको छ । फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अन्य यात्रुको खोजी सुरु भएको हो । प्रहरीले अध्यागम

२०७६ चैत १२ बुधबार, दिउँसो २:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमित युवतीसँग चैत ४ मा कतार एयरको फ्लाइट नम्बर ब्यूआर ६५२ विमानमाफृत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको छ ।
फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अन्य यात्रुको खोजी सुरु भएको हो । प्रहरीले अध्यागमन विभाग र स्वास्थ्य डेस्कबाट विमानमा सवार यात्रुहरुको विवरण झिकाएर खोजी सुरु गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए । केही यात्रु आफै सम्पर्कमा आइसकेको क्षेत्रीको दावी छ ।
प्रहरीको सम्पर्कमा आएका यात्रुहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…