जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण
न्यूज ब्यूरो, सप्तरी । जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन मास्क वितरण गरिएको हो । जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा मास्क बाँडेको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयु

२०७६ चैत १० सोमबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण गरिएको छ ।
विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन मास्क वितरण गरिएको हो । जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा मास्क बाँडेको छ ।
कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले प्रयास गरिरहेका छन् ।
जनमत पार्टीले पनि कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई नाकमुख ढाक्न मास्क वितरण गरेको जनमत पार्टीका आलोक यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…