कोरोना कहर : 'सेल्फ क्वारेन्टाइन'मा बस्न प्रदेश सरकारको आग्रह
कोरोनाको महासंकटको घडीमा एकअर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ ।

२०७६ चैत १० सोमबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउत सोमबार साँझ एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् । कोरोना नियन्त्रण सरकारी प्रयासबाट मात्र सम्भव नरहेको भन्दै सेल्फ क्वारेन्टाइनमा बसी बच्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, 'पछिल्लो तथ्यांक अनुसार नेपालमा पनि एकजनामा कोरोना पोजेटिभ पाइएकाले हामीलाई थप चिन्तित तुल्याएको छ । तसर्थ, एकअर्काबाट टाढा रहेर सेल्फ क्यारेन्टाइनमा बसी सरकारको कदमलाई सहयोग गर्न अपिल गर्दछु ।'
कोरोनाको महासंकटको घडीमा एकअर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशका आठै जिल्लालाई गत साता ५०/५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण हालसम्म एकसय ९२ बढी मुलुकमा फैलिसकेको छ भने १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…