आजदेखि सबै सीमा-नाका बन्द
विश्व स्वास्थ्य संगठनले पनि नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो ।

२०७६ चैत १० सोमबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोकथामका लागि सरकारले भारत र चीनसँगका सबै नाका आज (सोमबार) देखि पूर्णरूपमा बन्द गर्ने भएको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेपछि आजदेखि सीमानाकामा आवागमन बन्द गर्न लागिएको हो । नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहने सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो ।
बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्को देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको खतिवडाले बताए । नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…