प्रदेश २ मा १८५ बेडको आइसोलेसन वार्ड तयार
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)को त्रासलाई मध्यनजर गर्दै प्रदेश २ मा १८५ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । प्रदेशका मुख्य–मुख्य अस्पतालमा आइसोलेसन बेड तयार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी धनुषाको रमदैयास्थित जानकी

२०७६ चैत ९ आइतबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)को त्रासलाई मध्यनजर गर्दै प्रदेश २ मा १८५ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ ।
प्रदेशका मुख्य–मुख्य अस्पतालमा आइसोलेसन बेड तयार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा ६० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ ।
जानकी मेडिकलकै सिटी अस्पतालमा २० बेडको तयार गरिएको छ भने जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ५ बेडको आइसोलेसन तयार गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० बेडको, नारायणी उपक्षेत्रीय अस्पताल र सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १० बेडको आइसोलेसन तयार भइसकेको छ ।
सप्तरीको रायपुरस्थित यूनिक अस्पतालमा १० बेडको, सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा ५ बेडको आइसोलेसन तयार भएको छ । बारा अस्पतालमा पनि १५ बेडको आइसोलेसन बेड तयार भएको झाले बताए ।
आइसोलेसन बेड तयार भइसकेपछि क्वारेन्टाइन निर्माणको तयारी अघि बढाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…