कोरोना त्रास : भारतबाट नेपाल भित्रने नाकाहरुमा थामी नस्कनु भीड
नेपालीहरुमात्रै होइन, नाकाबाट भारतीय नागरिकहरुसमेत नेपाल भित्रिने गरेका छन् ।

२०७६ चैत ९ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वव्यापीरुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को त्रासले नेपाल भित्रने सीमानाकामा थामी नसक्नु भीड देखिएको छ ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि अध्ययन तथा कामका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरु यतिबेला धमाधम नेपाल फर्कन थालेका छन् । नाकामा नेपालीसँगै भारतीय नागरिकको पनि चाप बढ्दै गएपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।
पछिल्लो एक सातायता सीमानाकामा निकै भीडभाड देखिन्छ । भारतमा कोरोनाभाइरसको संक्रमण बढेसँगै सीमानाका बन्द हुने डरले त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन् ।
नेपालीहरुमात्रै होइन, नाकाबाट भारतीय नागरिकहरुसमेत नेपाल भित्रिने गरेका छन् । जसले गर्दा एकातिर संक्रमणको जोखिम बढेको छ भने अर्कातिर अत्याधिक चापले गर्दा स्वास्थ्य परीक्षणमा समेत समस्या देखिएको छ ।
भारतलगायत विश्वभरि नै कोरोनाको संक्रमण बढ्दै गएपनि नेपालमा भने हालसम्म एकजनामा मात्रै यसको संक्रमण देखिएको थियो । जसले गर्दा भारतमा रहेका नेपालीहरु कामै छोडेर परिवारसहित नेपाल फर्कन थालेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…