कोरोना त्रास : एकैदिन ९८ हजारबढी सर्वसाधारण काठमाडौं छोडे
कोरोनाको त्रास बढिरहेका बेला त्यही नाममा यात्रुबाहक सवारीका साधनले दोब्बरसम्म भाडा असुली गरेको गुनासो पनि आएको छ ।

२०७६ चैत ८ शनिबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) को त्रास बढिरहेको बेला काठमाडौंबाट सर्वसाधारण बाहिरिन क्रम बढ्दै गएको छ ।
राजधानीबाट शुक्रबार मात्रै ९८ हजारबढी सर्वसाधारण बाहिरिएका छन् । सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएपछि राजधानीबाट बाहिरिनेको संख्या बढ्दो छ ।
शुक्रबार दिनभरमा राजधानीबाट बाहिरिने विभिन्न नाका हुँदै ९८ हजार ५१७ जना यात्रु बाहिरिएका छन् । यसअघि बिहीबार काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ९० हजार २०४ जना रहेको थिए ।
कोरोनाको त्रास बढिरहेका बेला त्यही नाममा यात्रुबाहक सवारीका साधनले दोब्बरसम्म भाडा असुली गरेको गुनासो पनि आएको छ । पछिल्लो दुई दिनयता यात्रुहरु अत्याधिक संख्यामा राजधानीबाट बाहिरिरहेको बेला त्यही मौकामा यात्रुबाहक सवारीका साधनले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…