समाचार प्रभावः NIST कलेजको पनि परीक्षा स्थगित
कक्षा १२ को परीक्षा सँचालन गर्दै कक्षा ११ को पनि परीक्षा जारी नियमित गर्ने भनेपछि विद्यार्थीहरु तनावमा थिए ।
२०७६ चैत ७ शुक्रबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरानो भाइरसको प्रभावलाई मध्यनजर गर्दै देशैभरिका शैक्षिक सँस्थानहरु बन्द गर्ने आदेश दिएको छ ।
सोही क्रममा सरकारले गत बुधबार नै सो आदेश दिएपनि काठमान्डौंको नेश्नल स्कुल अफ साइन्सेज (निष्ट) ले कलेजले विद्यार्थीहरुलाई परीक्षा जारी राखी अनावश्यक तनाव दिएको भन्दै गुनासोको आधारमा परीक्षाहरु स्थगित गरेको हो ।
विहिबारसम्म कक्षा १२ को परीक्षा सँचालन गर्दै कक्षा ११ को पनि परीक्षा जारी नियमित गर्ने भनेपछि विद्यार्थीहरु तनावमा थिए ।
निष्ट कलेजले सरकारी आदेशको अवहेलना गदै महामारीको घडीमा पनि नियमति परीक्षा गरिहेको बारेमा न्यूज ब्यूरोमा समाचार प्रकाशन प्रकाशित भएपछि कलेजले शुक्रबारदेखि परीक्षा स्थगनको सूचना जारी गरेको हो ।
कलेजले शुक्रबार एक प्रेस विज्ञप्ति सहित सूचना जारी गर्दै कोरोना महामारीलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नभएसम्म कलेजको पठनपाठन र परीक्षा सबै स्थगित गरिएको उल्लेख गरिएको छ ।
निष्ट फाउण्डेशनका अध्यक्ष डा. माधव प्रसाद बरालद्धारा हस्ताक्षरित सूचनामा महामारीको घडीमा विद्यार्थीहरुको स्वास्थ्य र सरकारको आदेश बमोजिम अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Diwakar Uprety
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…