न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषा जिल्लाका २५ जना विद्यार्थीले ४ दशमलव शून्य जीपीए प्राप्त गरेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका अनुसार सबैभन्दा बढी ४ जीपीए ल्याउने विद्यार्थी MIT English Boarding School Janakpur बाट रहेका छन् । उक्त विद्यालयबाट अंकित साह, सबिन शर्मा, सान्जना कुमारी भण्डारी र सृष्टी मण्डलसहित चार जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यसैगरी Monastic English Boarding School Janakpur बाट आकांक्षी महासेठ र प्रतीक झाले ४ जीपीए ल्याएका छन् । Saraswati Ma Vi Janakpur बाट प्रथाम कौशिक र सृष्टि झाले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
यस्तै Angels English Boarding School Janakpur का सुमित पाण्डेय, Vinayak English Boarding School Dhalkewar का आरुष नेपाल तथा New Horizon Secondary English Boarding School Bengadabar का समीप दाहालले पनि ४ जीपीए ल्याएका छन् ।

त्यस्तै Janak Secondary English Boarding School का सुसान्त कुमार झा, Janata Secondary School Hariharpur की सनावी सिंह, Ram Janaki Ma Vi Jhitkaiya का प्रिन्स कुमार साह, Jan Shakti Ma Vi Bateswar का ध्रुवराज सिंह र Rastriya Ma Vi Laxmipur की ऋषिका यादवले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।
यस सूचीमा गोगल प्रसाद मावि बसहिया, राजेश्वर निधि मावि नगराइन, फा च गामी मावि बर्कुर्वा, सरस्वती मावि तिलाठी सबैला, तपसी बाबा मावि तिलाठी, दर्शनिया रामेश्वर सिंह एकेडेमी महेन्द्रनगर तथा या संस्कृत मावि ज्ञानकुप जनकपुरका विद्यार्थीहरू समेत समावेश छन् ।
यता, धनुषाको नमुन स्कूल घोषित भएका गिद्धा बेलापट्टि स्कूलका एउटै विद्यार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् । समाजिक सँजालमा जिल्लाको नमुना तथा देशको चर्चित विद्यालय दाबी गरेपनि रिजल्टमा पिछडिदै आएका हुन् । छिमेकी विद्यालयहरुका विद्यार्थीहरुले ४ जिपिए ल्याएको तथ्याँक सार्वजनिक भएपनि गिद्दा बेलापट्टि स्कूलले यसमा शून्य हात पारेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले जिल्लाको शैक्षिक उपलब्धिलाई सकारात्मक संकेतका रूपमा लिएको जनाएको छ । इकाइका अनुसार विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको संयुक्त मेहनतका कारण जिल्लाले यस वर्ष उत्साहजनक नतिजा हासिल गरेको हो ।
बसमा झुण्डिएको अवस्थामा कन्डक्टर मृत फेलाः हत्या गरिएको बुवाको आरोप, प्रहरी भन्छन्-'आत्महत्या देखियो'
- २०८३ बैशाख ३१ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । गत बैशाख ८ गते धनुषाको कमला नगरपालकिा वडा नं. ६ सखुवा मडानस्थित एक सार्वजनिक बसमा झुण्डिएको अवस्थामा मृत फेला परेका सोही स्थानका कुन्दन कुमार पासवानको घटनामा
पूरा पढ्नुहोस्




