कोरोनाबाट जोगिन धनुषाको शहिदनगरमा माछा, मासू आयातमा प्रतिबन्ध
निगरानी गरी बाहिर बाट ल्याउने कुखुरा, माछा वा मासूजन्य वस्तुहरुलाई निगरानी गर्ने भएको छ ।

२०७६ चैत ६ बिहीबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले नगरभित्र बाहिरबाट आउने माछा मासूको आयात बन्द गर्ने निर्णय गरेको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया (यादव) को अध्यक्षतामा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
कोरोना महामारी रोकथाम तथा पूर्व तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कोरोना भाइरसको महामारीबाट नगरवासीलाई जोगाउनको लागि यस्ता निर्णय लिएको बताउनुभएको छ ।
त्यसको लागि विभिन्न ५ निर्णयहरु गरिएको छ । जसमा कोरोना भाईरस सम्बन्धि जनचेतना सहितको फलेक्स बोर्ड प्रत्येक वडा कार्यालय , स्वास्थ चौकी, सार्वजनिक स्थलमा राख्ने निर्णय गरिएको हो ।
यस्तै, नगरभरि सरसफाईमा तीवता सहित नगरपालिका भित्रमा भिडभाड कम गर्न चोकहरुमा अनाश्वक भीडभाड नियन्त्रण गर्ने जस्ता निर्णय गरिएको हो । त्यसको लागि ईलाका प्रहरी कार्यालय यदूकूहासँग समन्वय गर्ने बताइएको छ ।
स्वास्थयचौकि महिला स्वम सेविका लगायत आमा समुह मार्फत जनचेतना मुलक कार्यक्रम गर्ने तथा सम्पूर्ण कार्यालयहरुमा साबुन, हयाण्डवास र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय गरिएको हो ।
बैठकमा उप प्रमुख शिला देवी कापर, निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, स्वास्थ्य शाखा प्रमुख कपिलदेव अधिकारी, शिक्षा अधिकृत धिरेन्द्र कर्ण, स्वास्थ्य सह सँयोजक राम सिकिल यादव, लेखा प्रमुख लोक बहादुर नेपाली, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दीपक बाबु केसी, सशस्त्रका प्रहरी नीरिक्षक मदन धानुक, दुबरकोट हथलेटवाका सशस्त्र प्रहरी नीरिक्षक शम्भु कटुवाल लगायतको विशेष उपस्थितिमा सो निर्णयहरु गरिएको हो ।
प्रहरीले शहिदनगरको चारै तर्फ निगरानी गरी बाहिर बाट ल्याउने कुखुरा, माछा वा मासूजन्य वस्तुहरुलाई निगरानी गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीबाट जोगिनको लागि नेपाल सरकारले चालेको कदममा कदम शहिदनगरले मिलाउँदै जन भावना अनुसार निर्णयहरु गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…