ट्रकको ठक्करबाट साइकलयात्री ठहरै
ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०७६ चैत ४ मंगलबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, चितवन । चितवनमा आज विहानै ट्रकले साईकलयात्रीलाई ठक्कर दिँदा घटनास्टलमै मृत्यू भएको छ ।
भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…