प्रदेश २ सरकारले ऐन बनाएर भुक्तानी गर्ने सहमति
प्रदेशसभाले सो विधेयक पारित गरेपछि गत वर्षको वक्यौंता कामको भुक्तानीको बाटो खुल्ने बताइएको छ ।

२०७६ चैत ३ सोमबार, राति १०:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ सरकार मार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौंता रकम ऐन बनाएर भुक्तानी गरिने भएको छ ।
गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेशसभाको निर्देशन बमोजिम आज जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराउनुभयो ।
सो बैठकमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सत्यनारायण यादव, प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामसरोज यादव, प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति, प्रमुख सचिवका साथै सबै मन्त्रालयका सचिवसहितको सो बैठकले सहमति गरेको हो ।
गत वर्षको कामको भुक्तानी ऐन बनाएर गर्ने सहमति गरेको हो । सो ऐनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा विधेयक दर्ता गर्नेछ ।
प्रदेशसभाले सो विधेयक पारित गरेपछि गत वर्षको वक्यौंता कामको भुक्तानीको बाटो खुल्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…