जनकपुरः विद्यालय भवन बनाउन भारत सरकारको १० करोड
धनुषा जिल्लाको कुन विद्यालय निर्माण हुने छ त ?

२०७६ चैत ३ सोमबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विद्यालय निर्माणको लागि भारत सरकारले १० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।
धनुषा सहित अन्य २ जिल्लालाई १० करोड ७० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । धनुषा सहित दार्चुला र कपिलवस्तुमा नयाँ विद्यालय भवन बनाउनको लागि उक्त रकम दिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नाका साथै एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको छ ।
धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि , कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन दार्चुलाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय निर्माण हुने भएको छ ।
धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका कपिलवस्तुको महाकाली नगरपालिका र दार्चुलाको महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउने, अनुगमनलगायत काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…