धनुषा प्रहरीको अपरेशनः एक दर्जन भठ्ठी नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले थालेको खुल्ला मदिरा भठ्ठी भत्काउ अभियानलाई तीव्रता दिइएको छ । खुल्ला रक्सी सेवनका कारण दर्जन बढीको ज्यान गएपछि धनुषा प्रहरी हलचलमा आएको हो । जिल्ला भरिमा सँचालित रहेको अवैद्य एवम् खुल्ला रक्सी भठ्ठीलाई खोज्दै नष्ट पारिरहेका छन् । आईतबार मात्र

२०७६ चैत ३ सोमबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले थालेको खुल्ला मदिरा भठ्ठी भत्काउ अभियानलाई तीव्रता दिइएको छ ।
खुल्ला रक्सी सेवनका कारण दर्जन बढीको ज्यान गएपछि धनुषा प्रहरी हलचलमा आएको हो । जिल्ला भरिमा सँचालित रहेको अवैद्य एवम् खुल्ला रक्सी भठ्ठीलाई खोज्दै नष्ट पारिरहेका छन् ।
आईतबार मात्र धनुषा प्रहरी मातहको विभिन्न ईलाका प्रहरी कार्यालयले १२ वटा रक्सी भठ्ठी ध्वस्त पारेको छ । आईतबार विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अन्तरालमा १२ भठ्ठी नष्ट गरिएको हो ।
भठ्ठी नष्ट गर्दै अवैद्य निर्मित मदिरा नष्ट, कच्चा पदार्थ नष्ट सहित रक्सी बनाउने मेसिन र भाँडाकुँडा समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोही क्रममा आईतबार करिब ५ हजार लिटर कच्चा पदार्थ नष्ट गरी ३०० किलो सखर नियन्त्रणमा लिएको हो । त्यससँगै तयारी मदिरा समेत ३३५ लिटर नियन्त्रणमा लिँदै ११०० लिटर नष्ट गरिएको हो ।
भठ्ठी भत्काउने क्रममा घरेलु मदिरा बनाउने मेसिन २ थना, प्लास्टिक, तामा, सिलवर र माटोका भाँडाहरु ६२ थान नष्ट गरिएको छ भने २४ थान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…