PU को केन्द्रीय कार्यालय सारिए आन्दोलनको चेतावनी
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट अन्यत्र सार्न नहुने बताउनुभयो ।

२०७६ चैत २ आइतबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ ।
नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए ।
काँग्रेस प्रदेश नं १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्नुपर्ने माग गर्नुभयो ।
प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश सरकार विराटनगरको इतिहास मेटाउने काममा उद्यत भएको आरोप लगाउँदै यहाँको राजनीतिक, सामाजिक र ऐतिहासिक उपलब्धिलाई यथावत राख्नुपर्छ भन्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यहाँको गौरव मास्न खोज्ने विषय विराटनगरवासीलाई मान्य नहुने बताउनुभयो ।
काँग्रेस विराटनगर महानगरपालिका समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले विश्वविद्यालयको विधानमा केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख रहेको हुँदा संशोधन गरी गोठगाउँमा लैजान नहुनेमा जोड दिनुभयो ।
समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका कार्यवाहक अध्यक्ष मो. नसरुलले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट अन्यत्र सार्न नहुने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…