रौतहटबासीले मन्त्रीसँगभने “पुलहरु कहिले बन्छ ?”
प्रत्येक बर्स सर्वसाधारणले ज्यान गुमाएको भन्दै यस प्रती गम्भीर हुन मन्त्री नेम्वाङलाई सुझाव दिए ।

२०७६ चैत १ शनिबार, राति ९:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट क्षेत्र नं. ३ का माननीय सांसद एव पूर्व मंत्री प्रभु साहको पहलमा रौतहटको विभिन्न निर्माणाधीन अवस्थामा रहेको निर्माण स्थलको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ।
शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसंत कुमार नेम्वाङ तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री राम ईश्वर राय यादव सहितले निरीक्षण गरेका हुन ।
रौतहटका बडहर्वा देखि सर्लाही जोड्ने पुल ,गौर ९४ टिकुलीया घाटको पुल,बौधिमाइ नपा स्थित इनर्वा घाटको पुल निरीक्षन गरेका गर्दै निर्माधिन पुलको अवस्था हेरेपछि मन्त्री नेम्वाङले यसको बारेमा गम्भीर भएर बिचार पुर्याउने बताए ।
नेम्वाङले पुलमा आवश्यक लम्बाई र पाया थप गर्नको लागि केन्द्रमा बसेर कुरा गरि पहल गर्ने प्रतिबद्धता जनाए ।उहाँले ठेकेदारलाई गुणस्तरीय काम गरि तोकिएको मितिमा काम समपन्न गर्न निर्देशन दिए ।
गौर–टिकुलिया घाटको पप्पु कन्ट्रक्सनले बदमासी गर्दा पुलको काम ढिलासुस्ती भएको भन्दै स्थानीयले मन्त्री र सान्सदहरुको टोलि समक्ष गुनासो पोखेका थिए ।
इसनाथका मेयर सन्तोष मेहताले यो घाटमा पुल नभएकोले प्रत्येक बर्स सर्वसाधारणले ज्यान गुमाएको भन्दै यस प्रती गम्भीर हुन मन्त्री नेम्वाङलाई सुझाव दिए ।

गौर वडा न ४ का अध्यक्ष भुनेश्वर साहीले टिकुलिया घाटको पुल कुन मिति मा बन्ने हो रुम्याद गुज्रिएको अर्को एक बर्स नाघ्यो मन्त्री जि पुल कहिले बन्ने हो जवाफ दिन प्रसन गरे ।
बौधीमाई न.पा वार्ड नं. २ इनर्वा घाट लालबकैया नदीमा निर्माणाधिन रहेको पुलको स्थलगत निरिक्षण कार्य करीब ३२ करोड़ ३१ लाखको लगानिमा निर्माणाधीन लालबकैया नदीको यस पुलकों लंबाई २५० मीटर लामो हुँदा पनि नदीको एकातिर दक्षिण बाधमा टासेर पुल निर्माण कार्य भएको हुँदा यसले गाँउ बस्तीको संरक्षण नहुने र भविष्यमा ठुलो समस्या आई पर्ने भएको हुँदा यस्ता समस्याबाट बाच्न र सम्पूर्ण गाउँबासीलाई बचाउन पुलको लम्बाई बढाउन तथा पाँच वटा पाया थप गर्नको लागि बौद्धिमाई न पा वार्ड नं.२ को वड़ा अध्यक्ष रामबाबू प्रसाद कुशवाहाले ज्ञापनपत्र मार्फत अनुरोध गरे।
पुलको स्थलगत अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, सङै पुर्व मन्त्री एव नेकपा प्रदेश नं. २ का अध्यक्ष मा। प्रभु साह ,नेकपा प्रदेश सचिव सुमन प्याकुरेल , मन्त्रालयका सचिव देबेन्द्र कार्की , महानिर्देशक,नेकपाका जिल्ला इन्चार्ज समीर भट्टराई ,प्रदेश कमिटी सदस्य शम्भु साह ,इशनाथ नगरको नेकपाका नगर अध्यक्ष मोहन मेहता , पप्पु कन्ट्रकसनले जिम्मा लिएको यो पुल समयमा नबन्दा बितेको बर्स केहि स्थानीय सर्वसधारनले ज्यान गुमाएका थिए ।
क्षेत्र नं. १ बाट दुई ओहर दोहर गर्न डुङ्गा र बासको लच्का हुदै जानू पर्ने बाध्यता छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…