धनुषा प्रहरीद्धारा अवैध मदिरा नष्ट
न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले अवैध मदिर नष्ट तथा मदिरा बनाउने सामाग्री जफत गरेको छ । ईलाका प्रहारी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी लक्ष्मिनीया र प्रहरी चौकी बट्टेश्वरबाट खटिएको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनीया गाउपालिका र बट्टेश्वर गाउपालिकाको विभिन्न स्थानमा रहेका अवैध रु

२०७६ चैत १ शनिबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले अवैध मदिर नष्ट तथा मदिरा बनाउने सामाग्री जफत गरेको छ ।
ईलाका प्रहारी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी लक्ष्मिनीया र प्रहरी चौकी बट्टेश्वरबाट खटिएको प्रहरी टोलीले क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनीया गाउपालिका र बट्टेश्वर गाउपालिकाको विभिन्न स्थानमा रहेका अवैध रुपमा सञ्चालनमा रहेका घरेलु मदिरा भट्टीहरुमा छापा हानेका हुन् । छापाको क्रममा प्रहरीले मदिरा अवैध मदिरा नष्ट गरेका हुन् ।
प्रहरीले मदिरा बनाउन तयार गर्न राखिएको कच्चा पदार्थ ५ सय लिटर र तयारी मदिरा २ सय लिटर नष्ट गर्नुका साथै मदिरा बनाउने मेसिन थान १, कच्चा पदार्थ राख्ने खाली ड्रम थान १९ वटा, मदिरा बनाउने भाडा सेट ११ थान, प्लाष्टिकको ग्यालिन ३३ वटा बरामद गरेको जनाएको छ ।
धनुषामा मदिरा सेवनबाट १५ जनाको मृत्यु भएपछि मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…