जनकपुरः अब सिडिओ अफिसभित्रै बैंक
रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

२०७६ फागुन ३० शुक्रबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले भने बमोजिम प्रशासन कार्यालयमै बैंकको शाखा स्थापना गरिएको छ ।
पासपोर्ट बनाउनको लागि लाग्ने दस्तुर खर्च बुझाउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो ।
केही दिनमै कार्यालय परिसर भित्रै बैंक शाखा स्थापना भएपछि कार्यालय बाहिर जानुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने दाबी गर्नुभएका सिडिओ कनेलको सक्रियतामा अन्ततः बैंक शाखा उदघाटन समेत गरिएको हो ।
सम्बन्धित समाचार : खुसीको खवर : अब सिडिओ अफिसमै बैंक, राजस्व बुझाउन बाहिर जाने झन्झटबाट मुक्ति
शुक्रबार (आज) एक समारोहबीच कार्यालय परिसरभित्रै प्रभु बैंकको एक्सटेन्सन शाखा राखिएको हो । यस अघि मुद्दा दर्ता, सँस्था दर्ता, राहदानी हराएको वा राहदानी नयाँ बनाउनको लागि लाग्ने दस्तुर बुझाउनको लागि नेपाल राष्ट्र बैंकको शाखा कार्यालय जनकपुरमा जानुपर्ने बाध्यता थियो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…