खुसीको खवर : अब सिडिओ अफिसमै बैंक, राजस्व बुझाउन बाहिर जाने झन्झटबाट मुक्ति
अहिलेको सिडिओ अफिस रामराज झैं बनाएको छ भने सेवाग्राहीहरु पनि प्रमुख जिल्ला अधिकारी कनेललाई खुलेर प्रशंसा गरिरहेका छन् ।

२०७६ भदौ ८ आइतबार, राति ९:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मै राजस्व दाखिला हुने भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जनाए अनुसार कार्यालय परिसरमै राजस्व दाखिला हुने कार्य केही दिनमै सूचारु हुने भएको छ । प्रभु बैंकको काउन्टर खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएको जनाउँदै प्रजिअ कनेलले राहदानी (पासपोर्ट), सँस्था, मुद्दा लगायतको दस्तुर बुझाउन झन सहज हुने बताउनुभयो ।
पासपोर्ट बनाउनको लागि लाग्ने दस्तुर खर्च बुझाउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो भने केही दिनमै कार्यालय परिसर भित्रै बैंक शाखा स्थापना भएपछि कार्यालय बाहिर जानुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने दाबी गरिएको छ । यस अघि मुद्दा दर्ता, सँस्था दर्ता, राहदानी हराएको वा राहदानी नयाँ बनाउनको लागि लाग्ने दस्तुर बुझाउनको लागि नेपाल राष्ट्र बैंकको शाखा कार्यालय जनकपुरमा जानुपर्ने बाध्यता थियो ।

आईतबार बेलुकी प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले समाजिक सँजाल फेसबुक मार्फत सिडिओ अफिसभित्रै प्रभु बैंकको शाखा स्थापना गर्ने गरी स्वीकृति प्राप्त भएको र केही दिनभित्रै सँचालनमा आएपछि सेवाग्राहीलाई सहज हुने जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा गएपछि सास्ती मात्र भोग्ने गरेको जनगुनासोलाई मध्यनजर गर्दै प्रजिअ कनेलले सेवाग्राहीको लागि विभिन्न सुविधाहरु थप्दै जानुभएको छ ।
सेवाग्राहीहरुको लागि शुद्ध खानेपानी देखि लिएर हरेक तवरको सहयोगको लागि एक एक समाग्री र सेवासुविधा थप्दै जानुभएको हो । कार्यालय परिसरको केही दिनमै मुहार फेर्न सफल प्रजिअ कनेलले सेवाग्राहीलाई रहेक तवरले सहज एवम छिटो र छरितो सेवा हेतु अथक प्रयासमा लागेको बताउनुभयो । प्रजिअ कनेलको सक्रियता र कार्यालयप्रतिको लगाव एवम् आम सेवाग्राही प्रतिको जिम्मेवारीलाई चौतर्फी प्रशंसा गरिएको छ ।
कुनै बेला सिडिओ अफिसको नामले नै घृणा गर्ने तर बाध्यतावंश आउनु नै पर्ने थेगोलाई परास्त गर्दै अहिलेको सिडिओ अफिस रामराज झैं बनाएको छ भने सेवाग्राहीहरु पनि प्रमुख जिल्ला अधिकारी कनेललाई खुलेर प्रशंसा गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…