जनकपुरका सिनेमा हलहरु बन्द गर्नुपर्छ
कोरोना भाईरसको महामारीले कैयौं व्यक्तिको ज्यान गईसकेको छ भने हजारौ प्रभावित छन् ।

२०७६ फागुन ३० शुक्रबार, बिहान ११:४१ बजे२ मिनेट पढाइ

सम्पादकीय । विश्व अहिले कोरोना भाइरसको महामारीले त्रसित छ । यस महामारीबाट जोगिनको लागि विश्वका सबै देशहरुले पूर्व सतर्कता अपनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना प्रभावित नभेटाएकोले नेपाल विश्वकै मुटु र वरदानकै रुपमा रहेको भनेर भन्न सकिन्छ । तर, नेपाल सरकारले पनि पूर्व सतर्कता अपनाउनु उत्तिकै आवश्यक छ र अपनाएको पनि छ ।
नेपाल सरकारले भीडभाड जम्मा नगर्न, भीडमा नजान, अनाश्वक भीड नगर्न, मास्क प्रयोग गर्न लगायत विभिन्न प्रकारको सार्वजनिक सूचना मार्फत आम नागरिकलाई सचेत गर्दै आएको छ । तर प्रश्न उठेको छ सिनेमा हलको लागि ।
सरकारले कुनै पनि ठाउँमा अत्यधिक भीड नगर्नको लागि होली पर्वमा समेत अंकुश लगाएको बेला सिनेमा हलहरुतर्फ किन ध्यान गएको छ्रैनन् । सबभन्दा बढी क्राउड, भीड हुने स्थल भनेको सिनेमा घर हो । सयौंको सँख्यामा एउटै हलमा बसेर ३ घण्टा विताउनुपर्ने अवस्था हुन्छ । भीडभाड त्यहाँ पनि हुन्छ त्यस उपर स्वच्छ अक्सिजन, हावाको कमी त हुन्छ नै ।
यता, विभिन्न ठाउँमा विद्यालय जस्ता संवेदनशिल क्षेत्रलाई बन्द गर्नको लागि अपिल हुँदा सिनेमा हल किन बन्द नहुने भनेर प्रश्न खडा भएको छ । विद्यालयमा जति भीड सिनेमा हलमा पनि हुन्छ भने मात्र विद्यालय किन ? सिनेमा हल पनि बन्द हुनुपर्छ भनेर आवाज उठेको छ ।
यस्तो अवस्थामा कोरोना भाईरसलाई मध्यनजर गर्दै जनकपुर लगायत आसपासका क्षेत्रका सिनेमा हलहरुलाई महामारी नटरेसम्मको लागि अस्थायी रुपमा स्थगित गर्नुपर्छ ।
भीडभाडबाट टाढै रहन सरकारले अपिल गरेको छ । भीड सिनेमा हलमा नै बढी जम्मा हुने गरेको छ । राजनीतिक दलहरुले समेत आफ्नो बैठक, सभालाई धमाधम स्थगित गर्दैछ ।
भीड जम्ने त्यस्तो कुनै प्रकारको कार्यक्रमहरु नगरी महामारीबाट जोगिन सरकारले अपिल गरेको छ । यस्तो अवस्थामा स्थानीय प्रशासनले यस तर्फ ध्यान दिनु जरुरी छ । कि त वैकल्पीक उपाय बारे जनहितमा सन्देश जारी गरिनुपर्छ ।
कोरोना भाईरसको महामारीले कैयौं व्यक्तिको ज्यान गईसकेको छ भने हजारौ प्रभावित छन् । विश्वमा अहिले कोरोना भाईरसको त्रास फैलिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
काशिन्द्र कुमार शर्मा
सम्पादक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…