दलितसँगको 'पँगा' नगरपालिकालाई भारी
स्विपरपक्ष र जमदारलाई बोलाएर बिबाद मिलाउन लागि परेका छन।

२०७६ फागुन ३० शुक्रबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गौर नगरपालिकामा स्विपर र जमदार बिच बिबाब चर्किएपछि स्विपर पक्षले मुख्य सडक मै फ़ोहोर फ्याकेर बिरोध जनाएका छन।
शुक्रबार एका बिहानै जमदार राजेन्द्र साह र स्विपरपक्षका टोलि बिच बिबाद भएपछि नगरपालिकाको बिपि चोक देखि बरहवा पुल हुँदै भन्सार सम्म दुर्गन्धित फोहोर फ्याकेर बिरोध जनाएका हुन ।
फोहोरको दुर्गन्धका कारन गौरका बासिन्दाहरुलाई सस्ती नै सास्ती छ।कोरोना भाइरसको डर खेपीरहेका गौर बासीमा अर्को पिडा थपिएको छ ।
होलिको भोलिपल्ट सड्क सफा नआएको भन्दै जमदार साहले स्विपर भोला मल्लिक ,फेकु मल्लिक ,अमिरी मल्लिम ,राजेन्द्र मल्लिक ,जग्दिश मल्लिक ,मुन्ना मल्लिक सहितको हाजिरी काटेका थिए ।
आज आइतबार स्विपर पक्ष सरसफाइ गर्न भन्दै नगरपालिका जादा जमदार राजेन्द्र साहले स्विपर पक्षलाई सुन्नै नसकिने गाली ग्लौजमा उत्रिएपछि बिबाद चर्किएको हो ।
आफुरु होलि जस्तो पर्वमा एक दिन मात्र उपस्थित नहुँदा हाजिर पनि काटिने ,अनि आमा ,दिदी लगाएर सुन्ने नसकिने गाली पनि खानु ,हाम्रो दलितको इज्जत छैन ? त्यसकार आफुहरु बिरोध स्वरुप आन्दोलन गर्न बाध्य बनेको स्विपर जगदिश मल्लिकले बताए ।
घटना पछि गौर नगरपालिकाको मेयर अजय गुप्ता ,स्विपरपक्ष र जमदारलाई बोलाएर बिबाद मिलाउन लागि परेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…