जनकपुरः एकाविहानै पोखरीमा युवतिको लास !
भर्खरै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
२०७६ फागुन ३० शुक्रबार, बिहान ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा एका विहानै युवतिको लास (शव) फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ पेठिया बजार नजिकै रहेको पोखरीमा युवति मृत अवस्था तैरिरहेको देखिएपछि खैलाबैला मच्चिएको हो । शव अहिले पनि पानीमै रहेको छ ।
स्थानीयवासीहरुले मर्निक वाकमा निस्कदा खेरी युवतिको लास देखेपछि तत्कालै प्रहरीलाई खवर गरेको थियो । प्रत्यदर्शी र स्थानीयका अनुसार ती युवति कपडा पसल सँचालन गर्दै आएकी थिएन् ।
जनकपुरको पेठिया बजार नजिकै रहेको पोखरीको पश्चिमी डिलमा पानी भित्रै उनको लास देखिएको छ । युवति अन्दाजी वर्ष २५ की रोशनी खातुन रहेको स्थानीयवासीहरुले जनाएका छन् ।
यद्यपी, युवतिको नाम, ठेगाना बारे जिल्ला प्रहरी कार्यालय धनुषा वा जिल्ला प्रशासन कार्यालय (स्थानीय प्रशासन) ले अधिकारिक पुष्टि भने गरेको छैनन् ।
जनकपुरको सबभन्दा ठुलो तरकारी बजारको रुपमा रहेको पेठिया बजारको नेपाल टेलिकमको अफिस नजिकै कपडा पसल सँचालन गर्दै आएकी खातुनको शव रहेको स्थानीयवासीहरुले न्यूज ब्यूरोसँग भने । यद्यपी, प्रशासनले पुष्टि भने गरेको छैन् ।
उनको हत्या गरी फालेको हुन सक्ने आशंका गरिएको छ । भर्खरै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…