जनकपुरमा आज 'मटकाफोर' को घमासान हुने
दिउँसो १२ बजेदेखि विधिवत रुपमा मटकाफोर कार्यक्रमको शुभारम्भ गरिने छ ।

२०७६ फागुन २८ बुधबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष होलीमा आयोजना गरिदै आएको मटकाफोर कार्यक्रम यसपाली पनि हुने भएको छ ।
जनकपुरको विभिन्न चोकहरुमा मटकाफोर कार्यक्रमको आयोजना गरिदै आएको छ । सोही क्रममा विगत १२ वर्षदेखि निरन्तर जनकपुरको पुलचोकमा आयोजन हुँदै आएको मटकाफोर कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित स्थानीय पूलचोक युवा क्लबको आयोजनामा मटकाफोर कार्यक्रम हुने भएको छ । क्लबका अध्यक्ष राधे यादवका अनुसार पुरस्कारको राशी समेत राखिएको छ ।
मटकाफोर कार्यक्रममा विभिन्न ठाउँका युवाहरुको समूह, क्लबले भाग लिने गरेको छ । विजयी हुनेलाई शिल्ड सहित नगद समेत प्रदान गर्दै आएको छ ।
यसपाली मटकाफोर कार्यक्रममा विजेतालाई शिल्ड सहित पुरस्कार राशी राखिएको क्लबका उपाध्यक्ष किशन साहले जानकारी दिए । साहका अनुसार विगत एक दशकदेखि निरन्तर यो कार्यक्रम चल्दै आएको छ ।
मटकाफोर कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भईसकेको भन्दै दिउँसो १२ बजेदेखि विधिवत रुपमा मटकाफोर कार्यक्रमको शुभारम्भ गरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…