वर्तमान सँस्कृतिलाई मासे जनकपुरको अस्तित्व बच्दैन : महासेठ
जनकपुरमा आधी सर्वसधारण आजै होली मनाएका छन् भने बाँकी भोली होली मनाउने भएको छ ।

२०७६ फागुन २७ मंगलबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वर्तमान सँस्कृतिलाई सम्मान नगरे जनकपुरको सँस्कृति भनेर गर्व गर्ने अवस्था नरहने उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जीतेन्द्र महासेठले बताउनुभएको छ ।
जनकपुरमा आज (मँगलबार) युथ एक्सन फोर्सले आयोजना गरेको होली मिलन समारोहमा बोल्दै महासचिव महासेठले होली पर्वमा समेत दुई मत भएकोप्रति यसप्रति गम्भिर हुन आग्रह गर्नुभयो ।
युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको अध्यक्षता तथा जनकपुर उद्योग वाणिज्य संघका महासचीव महासेठको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन समारोहमा जनकपुरमा युवाहरुबीच भएको दुईमततालाई होलीको मार्फत भाईचारा कायम गर्न सक्ने वक्तत्व दिएको थियो ।
आदर्श र भाईचारा तथा सदभावको पर्वको रुपमा मनाइने होली पर्वमा जनकपुरको विकास, समस्याप्रति सदैव सजग रहन रँग झै उमँग हुनुपर्ने बताइएको छ । नाम मात्रको सदभावको पर्व नभएर होली पर्वलाई आपसी सदभावको रुपमा मनाउन आग्रह गरिएको हो ।
दिनानुदिन मिथिला–मधेशको पर्वहरुमा पनि जनकपुरको बेग्लै महत्व रहेको भन्दै यसलाई नमास्न आग्रह गरिएको छ । होली पर्व दुई दिन परेको अर्थात दुई दिन मनाएकोप्रति आपत्ति जनाउँदै सहभागीहरुले सबैले एकसाथ होली खेल्नुपर्ने उपर जोड दिएका थिए ।
सो समारोहमा जनकपुरका कलाकारहरुले लोप हुँदै गएको जोगिरा सहित अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरेको थियो । होली पर्वको बेग्लै महत्व र जोगिराको महत्व दर्साउँदै सहभागीहरुले पौराणिक मान्यतालाई सँस्थागत गर्नुपर्नेप्रति जोड दिएको थियो ।
सो होली मिलन समारोहमा हनुमान यादव, प्रमोद यादव, सन्जिव यादव लगायतका आतिथ्य रहेको थियो ।
जनकपुरमा आधी सर्वसधारण आजै होली मनाएका छन् भने बाँकी भोली होली मनाउने भएको छ । ग्रामिण भेकमा पनि आजै होली पर्व मनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…