SEE को परीक्षा स्थगित हुँदैन : मन्त्रालय
यता, चैत्त ६ गतेदेखि तोएिको एसईई परीक्षा तोकिएको समय र मितिमै सँचालन हुने जनाइएको छ ।

२०७६ फागुन २४ शनिबार, बिहान ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त ६ गते सुरु हुने भनिएको एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगित भएको कुरा अफवाह मात्र रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सँचार माध्यमहरुमा एसईई परीक्षा स्थगित भएको भन्दै समाचार प्रकाशित गरेपछि मन्त्रालयले सो विज्ञप्ति निकालेको हो ।
“केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरु वन्द गर्ने भन्ने खालका गलत समाचारहरु प्रवाह भै रहेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”– मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अहिले कोरोना भाईरस (कोभिड–१९) को कारण उत्पन्न परिस्थितिको विश्लेषण गर्दै मन्त्रालयले कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्त ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भनेर आव्हान गरेको थियो ।
यता, चैत्त ६ गतेदेखि तोएिको एसईई परीक्षा तोकिएको समय र मितिमै सँचालन हुने जनाइएको छ । परीक्षा सरेको वा विद्यालय बन्द भएको जस्ता गलत समाचारको पछाडी नलागी भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ ।
“कोरोना भाइरस (कोभिड–१९ )को कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र ५ गते भित्र सम्पन्न गरीसक्न मन्त्रालयले यस अघिनै आहवान गरिसकेको छ । चैत्र ६ गते देखि हुने गरी तय भएको एसइडको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सरेको वा विद्यालय वन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।”– विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले स्थितिको नियमित समीक्षा र विशलेषण गरिरहेको छ । आवश्यकता एवम औचित्यताका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायहरुका आधिकारिक वेभसाइट मार्फत् एवम् सार्वजनिक सञ्चार माध्यमहरुद्वारा त्यस्तो सूचना शिघ्र सम्प्रेषण गरिने जनाइएको छ ।
कोरोना भाईरसको त्रासमै केही गैर जिम्मेवार मिडियाहरुले जथाभावी रुपमा अफवाह फैलाएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…