मधेश सरकारद्धारा प्रहरीलाई मोटरसाईकल
प्रदेशकै सुरक्षा कडा पार्नको लागि प्रहरीको गस्तीको लागि मोटरसाईकल प्रदान गरिएको हो ।

२०७६ फागुन २३ शुक्रबार, राति १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले सुरक्षा अवस्था चुस्त बनाउने उदेश्यले प्रहरीलाई मोटरसाईकल प्रदान गरेको छ ।
प्रदेश प्रहरीलाई साधनयुक्त बनाउन तथा प्रदेशभरिको सुरक्षा अवस्थालाई थप गुणस्तरीय बनाउनको लागि मधेश सरकारले २४ वटा मोटरसाईकल प्रहरीलाई दिएको हो ।
आज (शुक्रबार) एक कार्यक्रमबीच प्रहरीलाई सो मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश नं. २ का प्रहरी प्रमुख (डिआईजी) प्रदुम्न कार्कीलाई २४ वटा साँचो (चाभी, कुन्जी) बुझाउनुभएको हो ।
आवतजावत तथा आम सर्वसधारणको गुनासो र अपिललाई मध्यनजर गर्दै तीव्र गतिमा पुग्नको लागि मोटरसाईकल प्रदान गरिएको हो ।
आफ्नै प्रदेश प्रहरी राख्ने तयारीमा रहेको प्रदेश सरकारले प्रदेशकै सुरक्षा कडा पार्नको लागि प्रहरीको गस्तीको लागि मोटरसाईकल प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…