अस्थायी शिक्षकहरुको योग्दानलाई कदर गरेका छौं : मेयर बरबरिया
उहाँले आफूहरुको कौशलतालाई पहिचान गरी व्यवस्थापन प्रक्रियामा लग्नुभएको बताउनुभयो ।

२०७६ फागुन २३ शुक्रबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अस्थायी शिक्षकहरुलाई नगरस्तरमै व्यवस्थान गरिदिएपछि शिक्षकहरु खुुसी भएका छन् ।
केन्द्र सरकारबाट लिएको लोकसेवा आयोगमा असफल भएपनि उहाँहरुको योग्दान र कार्यअनुभवको आधारमा व्यवस्थापन गरिएको हो । धनुषामै प्रथम शहिदनगर नगरपालिकाले अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गरेको शिक्षकहरुले बताउनुभयो ।
प्रदेश सरकारले सबै स्थानीय तहहरुलाई स्थानीय तहमै अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न पत्राचार गरेपछि सोही तहत नगरपालिकाले शिक्षकहरुलाई व्यवस्थापन गरिएको हो । सो सम्बन्धमा कुराकानी गर्दैै मेयर बरबरियाले आफूहरु प्रदेश सरकारको मातहतलाई कदर गर्दै आदेशानुसार व्यवस्थापन गरेको बताउनुभयो ।
त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित कार्यक्रम समृद्ध शहिदनगर रेडियो कार्यक्रममा बोल्दै मेयर बरबरियाले करिब एक महिना अघि प्रदेश सरकारले प्रदेश सरकारको समन्वय समितिको बैठकबाट गरिएको निर्णयलाई कार्यन्वयन गरिएको बताउनुभयो ।
“प्रदेश नं. २ का सरकारले अस्थायी शिक्षकहरुलाई नगरस्तरमै व्यवस्थापन गर्नको लागि आदेश दिएको थियो । शिक्षकहरुको तलब ब्यवस्था तथा अन्य व्यवस्था प्रदेश सरकारले दिनेछ । प्रदेश सरकारले सुविधाहरु दिने भनेपछि हामीलाई मात्र व्यवस्थापनको लागि पत्राचार गरेको थियो । सोही बमोजिम हामीले व्यवस्थापन गरेका छौं । नगरपालिका र म स्वयंम पनि प्रतिवद्ध छु , उहाँहरुको योग्दानलाई हामीले भूल्नु हुँदैन । उहाँहरुको दक्षताकै आधारमा हाम्रा नगरका बालबालिकाहरुको भविष्य चयन हुनेछ । यतिको वर्षदेखि सेवा गर्नुभएका उहाँहरुलाई हामीले कदर गर्नुपर्छ र हुनुपनि पर्छ ।” उहाँले भन्नुभयो ।
व्यवस्थापन पछि बोल्दै शिक्षक विनोद मण्डलले मुलुकमै सबभन्दा कान्छो भएपनि हामीहरुलाई सबभन्दा पहिले व्यवस्थापन गरेर जेठो कार्य गर्नुभएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूहरुको कौशलतालाई पहिचान गरी व्यवस्थापन प्रक्रियामा लग्नुभएको बताउनुभयो ।
सोही क्रममा बोल्दै शिक्षिका सुनैना रजकले आफूहरुको उमेर कटेर स्थायी हुने सम्भावना गुमेपनि केन्द्र सरकारले हटाएपछि शहिदनगरले व्यवस्थापन गरी खुसी फर्काएको बताउनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारलाई धन्यवाद समेत दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…