आज 'राष्ट्रिय योग दिवस'
बिनय यादव, सिरहा, १ माघ । तेस्रो राष्ट्रिय योग दिवस आज ९सोमबार० विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ । मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस आई मनाइदै छ । यसैबीच, नेपालको समेत विभिन्न ठाउँहरुमा योग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।

२०७४ माघ १ सोमबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, १ माघ । तेस्रो राष्ट्रिय योग दिवस आज ९सोमबार० विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस आई मनाइदै छ ।
यसैबीच, नेपालको समेत विभिन्न ठाउँहरुमा योग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।
योग दिवस सिरहाको मिर्चैयामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बि। सं। २०७२ श्रावण २८ गतेको मन्त्रिपरिषको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेपछि गत २ वर्षदेखि नेपालमा प्रत्येक १ माघलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा मिर्चैया बृहत र्याली प्रदर्शन गरिएको थियो । र्यालीमा 'योग गरौं निरोग रहौं' 'कपालभाती जीवनसाथी ' र 'राष्ट्रिय योग दिवस सफल पारौं' नाराका साथ मिर्चैयाको श्री मोहन उ। मा। वि। को प्राङ्गणबाट सुरु भएको र्याली बजार लगायत नगरको विभिन्न भागको परिक्रमा गरी पुनः श्री मोहन उमाविको प्राङ्गणमा कोणसभा गरि सम्पन्न गरिएको थियो ।
मिर्चैया पतञ्जली योग पिठका अध्यक्ष श्री अकलदेव सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योग पिठका उपाध्यक्ष भरत महासेठ, सल्लाहकारहरु प्रदीप तिवारी, राजदेव कापरी, नन्दकिशोर महतो, त्यस्तै सदस्यहरु किशोरी साह, रामप्रताप यादव, बौवेलाल साह लगायतकाले योगाभ्यासबारे आ(आफ्नो मन्तव्य राखेका थिए ।
राष्ट्रिय योग दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मिर्चैया योग पिठ भवन निर्माणको गृहकार्य पनि चाँडै थाल्ने समेत निर्णय गरिएको हो । मिर्चैया पतञ्जली योग पिठको आयोजना भएको उक्त कार्यक्रममा युवा, व्यापारी, विद्यार्थी, शिक्षक, नागरिक समाज, स्थानीयबासी, बुद्धिजीवी, संचारकर्मी लगायतका उल्लेखनीय सहभागिता रहेकोे थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…