धनुषाधाममा ट्राफिक व्यवस्थापन चुस्त
सूचनाको अभावमा विभिन्न समयमा अप्रिय घटनाहरु हुन पुगेको भन्दै यसबाट न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

२०७६ फागुन २० मंगलबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाले विभिन्न समयमा हुने गरेको दुर्घटना तथा लापरवाहीलाई मध्यनजर गर्दै सचेतनात्मक बोर्डहरु लगाएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ३ धनुषाधाम बजार क्षेत्र भरिमा ट्राफिक सचेतना बोर्ड लगाएको हो । बोर्ड धनुषाधाम नगरपालिका उपलब्ध गराएको हो भने अस्थायी ट्राफिक प्रहरी धनुषाधामले सहयोग गरेको हो ।
बोर्ड लगाउँदै धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासी सहित सम्पूर्ण नागरिकको सुरक्षा आफ्नो पनि जिम्मेवारी भएको भन्दै सुरक्षा व्यवस्थापन गरिएको बताउनुभयो । आवश्यक सूचनाको अभावमा विभिन्न समयमा अप्रिय घटनाहरु हुन पुगेको भन्दै यसबाट न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गनेशराज कार्की , ट्राफिक प्रहरी धनुषा प्रहरी निरीक्षक पुरुशोतम रेग्मी , इलाका प्रहरी धनुषाधाम प्रहरी निरीक्षक सुमन थापा , सशस्त्र प्रहरी बेश क्याम्प सर्साका प्रहरी निरीक्षक छवि कुवंर, वडा नं ४ को वडा अध्यक्ष राम परिक्षण यादवको विशेष उपस्थितिमा बोर्डहरु लगाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…