गरिबको घर भत्काउन हेलिकप्टरबाट आए मन्त्री, सबैको आँखामा छल्कियो आँसु !
घर भत्काउन मन्त्री स्वयंम हेलिकप्टरबा आउने भनिएपनि कसैले पनि खाना रुचाएनन् ।

२०७६ फागुन १८ आइतबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । सार्वजनिक जग्गामा घर टहरा बनाएको भन्दै आज मन्त्री स्वयंमले घर भत्काउन आएपछि सबैको गहभरि आँसु छल्कियो ।
प्रदेश नं. २ महोत्तरीको गौशाला नगरपालिका वडा नं. ३ स्थित रहेको निगौल गाई गौशालाको जग्गामा अनाधिकृत घर टहरा बनाएको भन्दै उनीहरुको घर भत्काउने अल्टिमेट दिएको थियो ।
नेपाल सरकारका भूमी व्यवस्था मन्त्री पद्यमा अर्यालय हेलिकप्टरबाट महोत्तरीको गौशाला आउँदै गर्दा गाउँमा रुवाबासी चल्यो र सबैको गहभरि आँसु छल्कियो । त्यो आँसू, त्रार र पीडाको हो ।
घर भत्काउन मन्त्री स्वयंम हेलिकप्टरबा आउने भनिएपनि कसैले पनि खाना रुचाएनन् । घर टहरा भत्काएपछि उठिबास हुने भएपछि बच्चादेखि वृद्धवृद्धाहरु रोइरहेका छन् र सबैमा त्राहिमामको अवस्था झल्कियो ।
निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरि बनाइएको ३० वटा घर टहरा भत्काउन मन्त्री स्वयंम आएपछि उनीहरुमा त्रास मच्चिएको छ ।
शनिबार साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम अल्टिमेटम लिएको थियो । सूचनालाई अटेर गरे कुनै पनि समयमा संरचना खालि गर्न यसअघि लिएको ३५ दिन समयवधि फाल्गुण १२ गते सकिसकेको थियो ।
यता, त्यो जग्गामा बसोबास गर्ने सर्वसाधारणहरुले एक एक पैसा जम्मा गरी छोराछोरीको पेट काटेर एक छाक मात्र खाएर बनाएको घर भत्काउन नदिने अडानमा छन् । उनीहरुले ज्यान गएपनि घर भत्काउन नदिने भन्दै सिँगो टोल नै रुवावासीमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…