धनुषाको कमला नगरपालिकामा ७५ बेटीको बीमा
छोरी बीमा कार्यक्रम कमला नगरपालिकामा २ दिनको राखिएको छ ।

२०७६ फागुन १३ मंगलबार, राति ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा आज (मँगलबार) देखि सुरु भएको छोरी बीमा (बेटी बीमा) कार्यक्रममा उत्साहजन सहभागीता रहयो ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतको छोरी शिक्षा अभियानको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी बीमा सुरु गरिएको हो । सो क्रममा प्रथम दिन ७५ जना छोरी (शिुश) को शिक्षा बीमा गरिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख (मेयर) राम उदगार गोईतको अध्यक्षता तथा प्रदेश नं. २ आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा छोरीहरुको बीमा गरिएको हो ।
बीमा कार्यक्रमको उदघाटन कार्यक्रम आयोजना गरी नगरपालिकाले ९ वटै वडामा विभिन्न माध्यमबाट छोरी बीमाको लागि प्रचार प्रसार गरेको थियो । वडाध्यक्ष मार्फत स्थानीय सरकारको जिम्मेवारीमा सम्बन्धित वडाहरुमा जानकारी गराउँदै छोरी बीमाको लागि अनुरोध गरेको थियो ।

छोरी बीमा कार्यक्रम कमला नगरपालिकामा २ दिनको राखिएको छ । मँगलबार बीमा कार्यक्रम समाप्त भएको छ भने भोली (बुधबार) हुने कार्यक्रममा थप बीमा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सढानले जानकारी दिनुभयो ।
सढानका अनुसार, बुधबार दोस्रो दिन दुबरकोटको स्वास्थ्यचौकीमा बीमा कार्यक्रम आयोजना गरिएको छ । छुटेका शिशु तथा बालिकाहरुको बीमा भोली हुने जनाइएको छ । गत २०७५ साल माघ १ देखि यता जन्मिएकी छोरीहरुको प्रदेश सरकार निःशुल्क बीमा गर्दै आएको छ ।
सो कार्यक्रममा विशिष्टि अतिथिको रुपमा प्रदेश साँसद एवम् चिरपरिचित समाजसेवी तथा पर्यावरण अभियानी राम अशिष यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष पशुपति यादव, नीति आयोगका डा. भोगेन्द्र झा, नगरकी उप प्रमुख शिला देवी मण्डल सहित नगरपालिकाका कर्मचारीहरुको सक्रिय सहभागीतामा प्रथम दिनको कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…