दास दोस्रो पटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष
न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजवादी पार्टि रौतहटका नेता राजकुमार दास दोश्रो पटक सर्वसहमतिले चएन भएका छन । विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा सोमबार बसेको

२०७६ फागुन १३ मंगलबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजवादी पार्टि रौतहटका नेता राजकुमार दास दोश्रो पटक सर्वसहमतिले चएन भएका छन ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा सोमबार बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा पूर्व शिक्षक समेत रहेका राजकुमार दासलाई चयन गरेको हो ।
युवा नेता दासको अध्यक्षतामा ७ सदसीय व्यवस्थापन समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा बसन्त ठाकुर, कुसुम देवी यादव, अमिता कुमारी देवी लगायतलाई सर्वसहमतिले चयन गरिएको छ ।
नेता दास तिन वर्ष अघि पनि मावि नयाँ गम्हरीया श्रीपुरको व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका थिए।
यसभन्दा अघि श्रीपुर विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता दास सोमबार देखी दोश्रो पटक उक्त विद्यालयको व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका हुन ।
दास आफुमाथि थपिएको यो जिम्मेवारी ईमानदार र बफादातिराका साथ निर्वाह गर्दै बिधालयको अवस्था सुधारको लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाए।
अध्यक्ष दासलाई क्षेत्र ४ का प्रदेश सान्सद अबुल कलाम अजाद सहितले फुलमाला र अबिर लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…