लाखौं रुपैया सहित २ जना प्रहरीको फन्दामा
अबैध कारोबारलाई निरुत्साहित गर्न रौतहटमा शस्त्र प्रहरीले पछिल्लो समय सिमा सुरक्षा ब्यबस्था कडा पारेको छ।

२०७६ फागुन १३ मंगलबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आज (मँगलबार) एका विहानै लाखौं रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटले मंगलबार एका बिहानै श्रोत खुल्न नसकेको लाखौं रुपिया सहित दुई जनालाइ पक्राउ गरेको हो। जिल्लाको राजदेवी नगरपालिका – ८ लक्ष्मिपुर स्थित सशस्त्र प्रहरी बल¸ नेपाल वि.ओ.पि. बेलविछवाबाट प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटिई गएको ९ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओ ५ आर.९४६४ नम्बरको मोटर साईकललाई रोकेर चेक जाँच गर्दा सो रकम हात परेको हो ।
मोटरसाइकलमा सवार जिल्ला रौतहट कटहरिया नगरपालिका ६ बगही बस्ने अन्दाजी वर्ष २० को नवल किशोर साह र भारतको जिल्ला सितामढी बैरगनीया १४ बस्ने अन्दाजी वर्ष २३ को सन्नी कुमारलाई शंका लागि चेकजाँच गर्दा पक्राउ परेको हो ।
उनीहरुले शरिरमा लुकाई राखी अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु १९ लाख १ हजार १ सय ५० रुपैयाँ , मोटर साईकल १ वटा र ३ वटा मोबाईल सहित ती दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रत्रिया अगाडी बढाएको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल¸ नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिए।
सिमा क्षेत्रबाट हुने चोरी ,तस्करी ,अबैध कारोबारलाई निरुत्साहित गर्न रौतहटमा शस्त्र प्रहरीले पछिल्लो समय सिमा सुरक्षा ब्यबस्था कडा पारेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…