भोली सार्वजनिक विदा
यता, संघीय सरकारकै निर्णय बमोजिम प्रदेश सरकारहरुले पनि विदा दिएको हो ।

२०७६ फागुन ८ बिहीबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकार गृह मन्त्रालयले भोली (शुक्रबार) सार्वजनिक विदा दिने भएको छ ।
शुक्रबार फागुन ९ गते देशैभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ ।
सेना दिवससमेत पर्ने शिवरात्रीको दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । प्रत्येक वर्ष संघीय सरकारले महाशिवरात्रीमा एक दिने विदा दिँदै आएको छ । महाशिवरात्री सहित सेना दिवस समेत परेकोले सार्वजनिक छुट्टी दिँदै आएको हो ।
यता, संघीय सरकारकै निर्णय बमोजिम प्रदेश सरकारहरुले पनि विदा दिएको हो । प्रदेश नं. २ सहित अन्य सबै प्रदेश गरी देशैभरि एक दिने सार्वजनिक विदा दिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…