मेयर बरबरिया उपर दिएको रिट उच्च अदालतद्धारा खारेज
शिक्षिका अनिता कुमारी यादव, रिँकु कुमारी मिश्र, प्रधानाध्यापक चन्द्रलाल यादवले रिट दायर गरेको थियो ।

२०७६ फागुन ७ बुधबार, बेलुकी ७:३१ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया सहित नगर शिक्षा समिति उपर दिएको रिट (मुद्दा) खारेज भएको छ ।
उच्च अदालत जनकपुरमा शहिनगरको शिक्षा समिति र नगर प्रमुखलाई उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नगरपालिकाले गत साउनमा गरेको दरबन्दी मिलानको क्रममा गैरकानुनी गरेको भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको थियो ।
उक्त रिट उपर सुनुवाई गर्दै उच्च अदालत जनकपुरले फागुन ११ गते रिट नै खारेजी गरिदिएको हो । नगर शिक्षा समित र नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समिति प्रमुखलाई विपक्षी बनाएर शिक्षिका अनिता कुमारी यादव, रिँकु कुमारी मिश्र, प्रधानाध्यापक चन्द्रलाल यादवले रिट दायर गरेको थियो ।

अनिता कुमारी यादव, रिकु कुमारी मिश्र प्रधानाध्यापक चन्द्रलाल यादव र प्रधानाध्यापक अनिता कुमारी यादवलाई दरबन्दी मिलानको कमर अर्को विद्यालयमा पदस्थापन गर्ने गरी नगर शिक्षा समितिबाट गत मिति २०७६।४।२२ मा भएको निर्णय तथा सो निर्णयका आधारमा निवेदकहरुलाई गरिएको पत्राचारलाई माथि उल्लेखित संवैधानिक व्यवस्था, स्थानिप सरकार संचालन ऐन, २०७४ को कानूती व्यवस्था, शिक्षा बिभागको निर्णय र पत्राचार एवं शिक्षा विकास तथा समन्वय समितिको निर्णय र प्रत्राचारको परिप्रेक्ट्यबाट नैरकानूनी मान्न सकिने देखिन आएन।
एउटा बिद्यालयमा कार्यरत शिक्षकलाई औचित्यताको आधारमा उहि स्थानीय तह अन्तर्गतको अर्को विचालयमा गरिएको दरबन्दी मिलान तथा पदस्थापनको कार्यबाट निवेदकहरुलाई अपुरणीय क्षति पुग्ने वा निवेदकहरुका हक तथा अधिकारमा आघात पुग्नजाने भनी मान्न मिल्ने अवस्था समेत रहेन ।– न्यायधिस बालकृष्ण उप्रेति र ध्रुवराज चन्द्रद्धारा हस्ताक्षरित आदेशमा उल्लेख गरिएको छ ।
त्यसरी प्रचलित कानून अनुसारको अख्तियारी प्रयोग गरी बनाईएको स्थानीय नगरपालिकाको शिक्षा नियमावलीमा तोकिए बमोजिम औचित्यपूर्ण आधारहरु समेत उल्लेख गरी शिक्षक दरबन्दी मिलानको सिलसिलामा निबेदकहरुको पदस्थापन सम्बन्धमा भएको शहिदनगर नगर शिक्षा समितिको मिति २०७६।४। २२ को निर्णय अनुसार रिट खारेजी भएको हो ।
सो निर्णयका आधारमा मिति २०७६।४।२३ मा निवेदकहरुलाई लेखिएको पत्र कानून प्रतिकूल रहेको भनी मान्न मिल्ने अवस्थाको विद्यमानता नहुँदा निबेदन माग बमोजिम बदर गर्न नमिल्ने भनेर आदेशमा उल्लेख गरिएको छ ।

नगरपालिकाले सबै कानुनी प्रक्रिया पुरयाएर दरबन्दी मिलान गरिएको भन्दै उक्त निवेदन (रिट) को आधारमा माग बमोजिम उत्प्रेषण र अधिकारपृच्छाको आदेश जारी हुने अवस्था नदेखिएको भन्दै उच्च अदालतले उक्त रिट खारेज गरेको उल्लेख गरेको छ । यसका साथै, निवेदन खारेज हुने ठहरेकोले उच्च अदालतबाट गत मिति २०७६।५।१ ७ मा जारी भएको अन्तरिम आदेश स्वतः निस्कृय भएको उल्लेख गरिएको छ ।
रिट निवेदकमध्ये राष्ट्रिय आधारभूत विद्यालय डुमरियामा बाल शिक्षिकाको रुपमा कार्य गर्दै आएकी सूर्यकला कुमारी साह , राप्रावि विसरभोडा की पूर्व प्राथमिक शिक्षिका अनिता कुमारी यादब सहित राप्रावि बालाबाखरकी रिङ्कु कुमारी मिश्र, महाविर प्रसाद यादव राप्रावि डुमरियाको प्रधानाध्यापकको रुपमा, चन्द्रलाल यादव हनुमान राप्रावि हौवाहीको प्रधानाध्यापकको रुपमा र जनता आधारभूत विद्यालय नाथपट्टी बिसरभोराको प्रधानाध्यापक अनिता कुमारीले सँयुक्त रुपमा रिट दायर गरेको थियो ।
उनीहरुले बालविकास दरबन्दी मिलान तथा पदस्थापन सम्बन्धमा भन्न विषय राखी अन्य विद्यालयमा पदस्थापन गरिएका मिति २०७६।४। २३ का पत्रहरु प्राप्त भएको र उक्त पत्रहरुमा नगरपालिका नगर शिक्षा समितिको मिति २०७६ । ४। २२ को निर्णय अनुसार एक विचालयबाट अर्को विद्यालयमा पदस्थापन गरिएको भन्दै रिट दायर गरेको थियो ।

ऐन, २०२६ र शिक्षा नियमावली, २०५९ को व्यवस्था बमोजिम शिक्षकको सरुवा जिल्ला शिक्षा अधिकारी बाहेक अरुले गर्न नसक्नेमा कानून नै नबनाई र संघीय कानूनमा भएको व्यवस्था विपरित गरिएको नगरशिक्षा समितिको निर्णय र सो निर्णयका आधारमा गरिएका पत्राचारहरुले हामी लगायत कानूनको शासनप्रति आस्था राख्ने सम्पूर्ण नागरिकलाईकलाई अपूर्णीय क्षति पुग्ने हुँदा उक्त नगरशिक्षा समितिको निर्णय र सो निर्णयका आधारमा गरिएका पत्राचार उल्ग्रेषणको आदेशद्वारा बदर गरी मिति २०७६।४।२२ को निर्णय र मिति २०७६ ।४।२३ का पत्राचार बमोजिमका कुनै पनि काम कारवाही अगाडि बढाउने काम कारवाही नगर्नु भनी विपक्षीहरुका नाममा अन्तरीम आदेश समेत जारी गरी पाउँ भन्ने रिट दायर गरेको थियो ।
उक्त रिट खारेज भएपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले दरबन्दी मिलान सबभन्दा पहिले शहिदनगरमै गरिएको र पूर्ण कानुनी रुपमा गरिएको बताउनुभयो । उहाँले स्थानीय तह सँचालन ऐनको अधिनमै विकास निर्माण कार्यदेखि सम्पूर्ण कार्यहरु गरिरहेको बताउनुभयो ।
“सत्य हार्दैन, आज पनि सत्यको जीत भएको छ । नगरका शिक्षकहरु हाम्रा नगरपालिकाका मेरुदण्ड हुन, उहाँहरुले सक्रिय रुपमा कुनै राजनीतिक दलको उक्साहट भन्दा फेयर भएर शिक्षा दिन आग्रह गर्दछु ।”– उहाँले भन्नुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…