सामुदायिक विकास पहिला प्राथमिकता : मेयर मण्डल
समुदायिक भवनको लागि शिलान्यास गरेको बताउँदै थप आवश्यकता बमोजिम प्रदान गर्ने बताउनुभयो ।

२०७६ फागुन ७ बुधबार, दिउँसो ३:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले समुदायिक विकास पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ५ देवकोटा टोलमा बुधबार (आज) समुदायिक भवनको शिलान्यास गर्दै मेयर मण्डलले समुदायिक विकासबाटै नगर विकासको परिकल्पना भएको बताउनुभयो । उहाँले समग्रमा विकास गर्नको लागि सुक्ष्म तवरबाट जानुपर्ने बताउँदै त्यसको लागि समुदायबाटै सुरुवात गरेको बताउनुभयो ।
“प्रत्येक टोलमा सामुदायिक भवनको आवश्यकता रहेको छ । हामी नगरपालिकाबाट जनतामा आवश्यकता अनुसार बिकास गर्नु पर्छ । शादी बिबाह वा अन्य सार्वजनिक हित र सार्वजनिक कार्यक्रमको लागि पनि समुदायिक भवनको खाँचो थियो यहाँ । नगर विकासको लागि समुदायको विकास अति आवश्यक छ । विकास भनेको समुदायको लागि हुनुपर्छ । र त्यो हामी जनप्रतिनीधिको दायित्व पनि हो । ”– उहाँले भन्नुभयो ।
सोहि कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं. ५ वडा अध्यक्ष इन्दल कुमार महतोले वडा स्तरीय योजना बाट ४ लाख रुपैयाँ विनियोजन गरी समुदायिक भवनको लागि शिलान्यास गरेको बताउँदै थप आवश्यकता बमोजिम प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवि सरद पोख्रेल ,हरि जैसी पौडेल लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…