मन्त्री ज्यू, चिनबाट कोरोना भाईरस ल्याएरै छोडने ?
यो कमाऊरेड लाई चाईनाको बुवान क्षेत्रमा पर्यटक प्रचार गर्न पठाउन किन ढिला गरेको छिटो पठाईदिनु !

२०७६ फागुन ६ मंगलबार, बेलुकी ५:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपाल । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले चिनबाट पर्यटक ल्याउने भनेपछि समाजिक सँजालमा ट्रोल भएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने बताउँदै मन्त्री भट्टराईले चिनबाट पनि पर्यटक तान्ने बताएपछि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भईरहेको छ ।
सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको संदेश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशन÷प्रसारण गर्ने बताएपछि समाजिक सञ्जालमा आलोचना भएको हो ।
उहाँले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे निर्देशन दिनुभएको छ ।
यससँगै समाचारको टिकाटिप्पणीमा “मन्त्री ज्यू पर्यटक ल्याउने की कोरोना भाईरस ?” भनेका छन् । सोही क्रममा शर्मा साजनले “ए बाबा कस्तो बुद्धि हो यार भाइरस छिर्यो भने के हाल हुन्छर ?? सबै नेपालिलाइ सिध्याउने विचार छ कि के हो यो महामारी को बेला १/२ महिना भिजिट नेपाल बन्द गरे हुँदैन?– भनेर आक्रोस जनाएका छन् ।
यसका साथै, बिनोद दुलाल लेख्नुहुन्छ –“ यस्तो माहामारी को बेलामा नि जोक गर्ने ?? के आधार छ फ्री जोन हो भन्नेमा ??? यदि भित्रीयो भने रोकथाम गर्ने केही पुर्बतयारी छ ?? जे बोल्दिय नि हुन्छ ?, यस्तै राम खडका लेख्नुहुन्छ– “भने पछी कोरोना भाईरस नेपाल ल्याएरै छोड्ने ??”

सोही क्रममा फेसबुकमै सुनिल आचार्यले – हतार किन गर्छौ साथी नेपालमा कोरोना धान्न सक्नी औकात छैन तेसैले ऐलेलाइ स्थगित गरौ पर्यटक त अर्कोबर्शनी आउछ कोरोना पस्यो भने बर्बाद बनौछ देश– लेखेका छन् । यस्तै, राजन श्रेष्ठ भन्छन्– यो कमाऊरेड लाई चाईनाको बुवान क्षेत्रमा पर्यटक प्रचार गर्न पठाउन किन ढिला गरेको छिटो पठाईदिनु !
नेपाल कोरोना मुक्त क्षेत्र रहेको श्रब्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार–प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।
यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ ।

यस्तै चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यवद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।
यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ । प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घुमाएर प्रचार गर्ने र नेपाल उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…