शहिदनगरमा ईमरजेन्सी सेवा सूचारु गर्न विशेष औजार ल्याइयो
यसबाट अब शहिदनगरवासीलाई स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष फाईदा पुग्ने छ ।

२०७६ फागुन ६ मंगलबार, बिहान ११:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमै ईमरजेन्सी (आकस्मिक ) सेवा सुचारु गर्नको लागि विशेष औजारहरु ल्याइएको छ ।
नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को विशेष पहलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट विशेष समाग्री ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहामै ईमरजेन्सी सेवा सूचारु भएपछि जनकपुर वा त्यहाँभन्दा बाहिर जानुपर्ने बाध्यता हटने बताइएको छ ।
त्यसको लागि प्याथेलोजीका उपकरण तथा समाग्रीहरु ल्याइएको हो । सोमबार नगर प्रमुख बरबरिया, प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, लेखा अधिकृत लोक बहादुर नेपालीको विशेष रोहबरमा सम्बन्धित निकायलाई उक्त उपकरण बुझाइएको हो ।

त्यसमा सेन्ट्रीफ्यूज, कोलोरिमिटर, हट एयर ओभेन, वाटर वाथ, अटोक्लेभ, डिसी काउण्टर र माईक्रो पाइप्टे लगायतका समाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको । उक्त समाग्री प्राथमिक स्वास्थ्य केन्द्रमा ईमरजेन्सी सेवा सूचारु सहित शहिदनगरवासीको लागि गुणस्तरिय स्वास्थ सेवामा पहुँच तथा थप प्रभावकारि बनाउने उदेश्यले ल्याइएको मेयर उदय कुमार बरबरियाले जानकारी दिनुभयो ।
उक्त उपकरणहरु प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब शंकर मण्डल हस्तान्तरण गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख कपिलदेब प्रसाद अधिकारी , स्वास्थ सह– संयोजक रामसिकिल यादब ,जिन्शी शखा प्रमुख सुदिप भट्टराई तथा डा. रुना झाको विशेष रोहबरमा समाग्री हस्तान्तरण गरिएको हो । यसबाट अब शहिदनगरवासीलाई स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष फाईदा पुग्ने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…