बलात्कार मुद्दामा महराले अदालतबाट पाए सफाई
महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

२०७६ फागुन ५ सोमबार, दिउँसो २:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ ।
बलात्कार उद्योगको मुद्दामा उनलाई सोमबार (आज) जिल्ला अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । (अनलाईनखवरको सहयोगमा)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…