अब नेपालीहरु यसरी विदेश जान नपाईने !
समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न विज्ञप्तीमार्फत् आग्रह गरेको छ ।

२०७६ फागुन ४ आइतबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । अब नेपालीहरुले कुनै तेस्रो मुलुक कामको शिलशिला वा अन्य कुनै प्रयोजनको लागि भारतबाट जान नपाउने भएको छ ।
नेपालको स्थल मार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने नेपाली युवाले भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने भएका छन् । भारत सरकारको निर्णयअनुसार नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेको भारतस्थित नेपाली राजदुतावासले जनाएको छ ।
भारतस्थित नेपाली राजदुतावासले जारी गरेको विज्ञप्तीमा नेपालको स्थल मार्ग भएर भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएका कारण नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव समेत दिएको छ ।
भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्ने तर स्थल मार्गबाट जाने नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दुतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान सुझाव दिएको छ ।
नेपालको अध्यागमन विभागको छाप नभएको राहदानीबाहक भारतीय बिमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न विज्ञप्तीमार्फत् आग्रह गरेको छ । (सागरमाथा टेलिभिजनको सहयोगमा)
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…