धनुषामा लागुऔषधसहित एकजना पक्राउ
न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले परालको टालबाट लागुऔषध बरामदसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ ढल्केवरका २६ वर्षीय मनिष कुमार महतो रहेका छन् । बुधबार बेलुकी प्रहरीले मिथिला नगरपालिका ७ स्थित प्लाई उड फ्याक्ट्रीको अगाडि लोकमार्गदेखि पश्चिम खाली जग्गामा शंकास्पद रुपमा

२०७६ फागुन १ बिहीबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले परालको टालबाट लागुऔषध बरामदसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ ढल्केवरका २६ वर्षीय मनिष कुमार महतो रहेका छन् । बुधबार बेलुकी प्रहरीले मिथिला नगरपालिका ७ स्थित प्लाई उड फ्याक्ट्रीको अगाडि लोकमार्गदेखि पश्चिम खाली जग्गामा शंकास्पद रुपमा हिडडुल गरिरहेको देखेपछि महतोलाई खानतलासी तथा सोधपुछ गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
खानतलासीको क्रममा तत्काल एक बोतल एक्सीप्लोन सिरप फेला परेको र सोधपुछ गर्दा परालको टालमा थप राखेको बताएपछि महतोलाई पक्राउ गरेको ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए । उनले परालको टालबाट एक्सीप्लोन सिरप झण्डै ४२ बोतल तथा नाइट्रोभेट टेन १० पत्ता बरामद गरिएको जनाए ।
पक्राउ परेका महतोमाथि जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…