नेपालले नेपालसँगै विश्वको समृद्धि चाहेको छ : नेता यादव
भारत गएका नेता यादव शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

२०७६ माघ २९ बुधबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, लखनउ । भारतको लखनउमा नेपाल भारतको संयुक्त आयोजनामा बुधबारदेखि कार्यक्रम शुरु भएको छ ।
इण्डिया फाउण्डेशन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री काठमाडौैंको संयुक्त आयोजनामा कार्यक्रम शुभारम्भ भएको हो । नेपाल–भारतको दुई पक्षीय सम्बन्धको बारेमा आयोजित संवाद कार्यक्रममा नेपालको तर्फबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवलगायतका नेताहरु सहभागी छन् ।
नेपालबाट सहभागी नेता यादवले यस कार्यक्रमले नेपाल र भारतबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास लिए । उनले नेपालले नेपालसँगै समग्र विश्वको समृद्धि चाहेको बताए ।
छिमेकी मुलुकबाट मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति बाधा नआओस् भन्ने नेपाली जनताको चाहना रहेको पनि उनले सुनाए । नेपालको विकास र समृद्धि हेतु भारतको सहयोग रहने अपेक्षासमेत गरिएको छ ।
कार्यक्रम भोली (बिहीबार) सम्म चल्नेछ । कार्यक्रममा भाग लिन भारत गएका नेता यादव शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…