भोली सार्वजनिक विदाको घोषणा
यसका साथै, शुक्रबारदेखि पुनः कार्यालयहरु सँचालन गर्ने भनिएको छ ।

२०७६ माघ २९ बुधबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको एक स्थानीय तहमा भोली (विहिबार) सार्वजनिक विदाको घोषणा गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाले विहिबार सार्वजनिक विदाको घोषणा गरेको हो । गत मिति २०७६ माघ २७ गतेको कार्यपालिकाको निर्णय अनुसार एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाद्धारा जारी गरिएको एक पत्रमा एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
शहिदनगर नगरपालिका जनयुद्धको इतिहास बोकेको भन्दै २५ औं जनयुद्ध दिवसको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । विहिबार शहिदनगर नगरपालिकाभित्र पर्ने सबै सरकारी सँस्थानहरु बन्द रहने जनाइएको छ । समुदायिक विद्यालय सहित सरकारी कार्यालयहरु एक दिने छुट्टी बस्ने भएको छ ।
“शहिदनगर नगरपालिकाको मिति २०७६/१०/२७ गते को निर्णयानुसार महान जनयुद्ध दिवस २०७६ को अवसरमा मिति २०७६ फागुन १ गते यस नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।”– पत्रमा उल्लेख छ ।
यसका साथै, शुक्रबारदेखि पुनः कार्यालयहरु सँचालन गर्ने भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…